काठमाडौं, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आज मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै चार ल्यबलाई स्पष्टीकरण सोधेको हो ।

प्रवक्ता गौतमका अनुसार स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधिएको छ ।

यी अस्पतालमा पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पीसीआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयको पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर