
दाङमा शनिबारसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ।२१ हजार ४ सय ९५ जनाको स्वाब परीक्षण गर्दा २ हजार ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।
संक्रमितमध्ये अहिले जिल्लामा २ हजार ४ सय २९ जना निको भएर डिस्चार्ज भएका कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए।
त्यस्तै अहिले ३ सय ६३ जना सक्रिय संक्रमित जिल्लामा रहेका र तीमध्ये २ सय ८१ जना होम आइसोलेसन र ८२ जना संस्थागत आइसोलेसनमा छन्।