कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय २३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय २३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २४ हजार ९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ५२ हजार ४३ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर