सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा हुने तय भएको थियो। नेपालले अक्टोबर र नोभेम्बरमा हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि सुरु गर्न लागेको थियो। प्रशिक्षण सञ्चालनका लागि एन्फाले खेलाडीको पीसीआर परीक्षणसमेत गरिसकेको छ।विश्वकप छनोट खेलअन्तर्गत नेपाल एसियाली देशको समूह ‘बी’मा छ।

नेपालले समूहमा अब तीनवटा घरेलु खेल खेल्न बाँकी छ। यसअघि नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोडर्नसँग दशरथ रंगशालामा खेल्ने तालिका थियो।

त्यसअघि चैतका लागि पनि तय भएको छनोट खेल कोरोनाकै कारण स्थगित भएको थियो।नेपालले खेल्ने आठ खेलमध्ये यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर