भक्तपुर, २०७७ मङ्सिर ४ गते
भक्तपुर नगरपालिका-१ स्थित सडकमा निकिशा श्रेष्ठलाई दुर्व्यहार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-१ बस्ने १९ वर्षीय सफिल खत्री, सोही नगरपालिका-५ तौमडी बस्ने १६ वर्षीय किशोर र १७ वर्षीय किशोर रहेका छन् ।
श्रेष्ठलाई उनीहरुले लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडियो समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको सम्बन्धमा विभिन्न सामाजिक सञ्जालबाट जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । खत्रीले स्कुटर चलाएको र स्कुटरमा सवार १६ वर्षीय किशोरले भिडियो खिचेपश्चात १७ वर्षीय किशोरले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर