४मङ्सिर २०७७                                            मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको हत्या भएको छ ।

प्रहरीका अनुसार बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अुनसार उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर