चीनसहित अन्य १४ मुलुकहरुले विश्वको एक तिहाई आर्थिक गतिविधि हुनेगरि ब्यापार साझेदारी गर्ने सम्झौता गरेका छन् । दक्षिणपूर्वी एसियाली सङ्गठन (आसियान)को वार्षिक सम्मेलनका अवसरमा सबै राट्रका प्रतिनिधिहरुले ब्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो व्यापार सम्झौतालाई क्षेत्रीय बृहत् आर्थिक साझेदारी (आरसेप) भनिएको छ । आइतबार सम्पन्न भर्चुअल बैठकबाटै सम्झौतामा हस्ताक्षर भएको थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्रीले गएको आठ वर्षदेखिको गरिएको कडा मेहनतले यो सम्झौता गर्न सबैमुलक सफल भएकोमा खुसी ब्यक्त गर्नुृभयो । अब यो ब्यापार संगठन सबैभन्दा ठूलो स्वतन्त्र ब्यापार संगठनको रुपमा स्थापीत भएको उहाँले बताउनुभयो ।

https://amzn.to/4myfPN5

यसले बहुपक्षीय व्यापार प्रणाली आवाश्यकतालाई सम्बोधन गर्ने बताउनुभयो । यो ब्यापार सम्झौताले सदस्य राष्ट्रहरूबीच न्यून व्यापार कर निर्धारण गर्नेमा आफू विश्वस्त भएको उहाँले बताउनुभएको छ । सम्झौतामा हस्ताक्षर गर्ने मुलुकहरु आसियानका १० सदस्य राष्ट्र बाहेक चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । यसमा भारतले हस्ताक्षर गरेको छैन ।

भारतलाई आग्रह गरेपनि उसले हस्ताक्षर गर्न नमानेको हो । सम्झौतामा हस्ताक्षर गर्ने आसियान मुलुकहरु कम्बोडिया, इण्डोनेसिया, लाओस, म्यान्मार, फिलिपिन्स, थाइल्यान्ड, ब्रुनाई, सिङ्गापुर, मलेसिया र भियतनाम रहेका छन् । यसअघि अ‍ेमरिकाले सदस्यताबाट पन्छिएको थियो । अमेरिकाले २०१६ मा राष्ट्रपति ट्रम्पले पद बहाली गर्दै गर्दा यो व्यापार सम्झौताबाट पछि हटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर