
३० कार्तिक २०७७ बलात्कार आरोपमा कैलालीको लम्कीचुहाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
एक ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ राजिपुरका २८ वर्षीय प्रेम शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
शाहीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।