२९ कार्तिक २०७७                                          स्याङ्जामा शनिबार थप ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु वालिङ नगरपालिका वडा नम्बर ८ का ५० वर्षिय पुरुष , सोही नगरपालिकाकै वडा नखुलेका ५० र २८ वर्षका पुरुष र ३९ वर्षिय महिला रहेका छन् । संक्रमित हुनेहरु मध्ये अन्य एक जना भने पुतलीबजार नगरपालिकाका वडा नखुलेका ३३ वर्षिय पुरुष रहेका छन् । यस्तै गरि स्याङ्जामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर १४ का २४ वर्षिय पुरुष रहेका छन् ।  हाल  सम्म स्याङ्जामा काेराेना बाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर