बाग्लुङ, २०७७ कात्तिक २९ गते
निसीखोला गाउँपालिका-६ लुप्रवाङ बस्ने ३४ वर्षीय टेक बहादुर घर्ती मगरलाई १ सय ५० केजी अवैध लागूऔषध गाँजा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
टेकबहादुरले आफ्नै बारीमा गाँजा उत्पादन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनकै बारीमा सुकाएर तयार पार्दै गरेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









