सिरहा,

गोलबजार नगरपालिका-६ बाट  १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।
पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका-६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका-७ भेडिया बस्ने २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिक-१२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय संजय राय रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर