२८ कार्तिक २०७७                                                प्रहरीले कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले मोरङ ग्रामथाम गाउँपालिका-५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको हो।

https://amzn.to/4myfPN5

उनी काठमाडौं महानगरपालिका बानेश्वरमा बस्दै आएका थिए

उनले आफू गौशालास्थित राजदेवी इन्टरनेसनल प्रालिका कर्मचारी भनेर चिनाउँथे। त्यसरी उनले वैदेशिक रोजगारीको लागि कुवेतमा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख सम्म उठाएका थिए।

महाशाखाका अनुसार उनले विश्वास जितेर त्यसरी नै ७० जना भन्दा बढीलाई ठगेका थिए। पैसा लिएर फरार भएपछि उनीविरूद्ध प्रहरीकोमा उजुरी परेको हो।

उनीमाथि कारबाही गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर