२४ कार्तिक २०७७                                            नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् ।

पारससँगै नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले सोमबार चितवनमा पुगेर गौतमबुद्ध निर्माणधिन रंगशाला अवलोकन गरेका हुन् । पारसले रंगशालाको अवोलोकनपछि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई सोचभन्दा धेरै राम्रो काम भएको बताएका थिए ।

पारसले यस रंगशालामा खेलेपछि मात्र सन्यास लिन पाए राम्रो हुने बताएका थिए । उनले राम्रो कामको सुरुवात हुनुको साथै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाहिएको पनि बताएका थिए । सोच भन्दा धेरै राम्रो काम भई रहेको र समयमै सम्पन्न गर्न सबै क्षेत्रलाई सहयोग गर्न समेत पारसले अनुरोध गरेका थिए ।

‘यस रंगशालमा खेल्न म उत्साहित छु । यस सुरुवातलाई निरन्तरतामा ध्यान दिनु नै ठूलो कुरा हो । धुर्मुस सुन्तली तपाईं बधाईको पात्र हुनुहुन्छ । सहयोग गर्ने सबैलाई धन्यवाद । सबैले यसमा सहयोग गर्न आग्रह गर्दछु । यहाँ खेल्ने मेरो पनि रहर छ । १७ वर्षे क्रिकेट यात्रा पुगिसकेको छ । अब यहाँ पनि खेलेर सन्यास लिन पाए झनै राम्रो हुन्थ्यो,’ पारसले भनेका थिए ।

धुर्मुसले पारस रंगशालामा आउँदा सबैभन्दा ठूलो सहयोग मिल्नुको साथै झनै उत्साहित र हौसला बढेको बताएका थिए । गौतमबुद्ध रंगशाला निर्माणकार्य एक वर्षदेखि निरन्तर जारी छ । कोरोना महामारीको समयमा पनि रंगशाला काम निरन्तर चल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर