२४ कार्तिक २०७७                                       स्याङ्जामा सोमबार  १६ जना कोरोना संक्रमण (कोभिड -१९ ) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार फेदीखोला गाउँपालिका वडा नम्बर २ कि ८१ वर्षिय महिला र ३५ वर्षीय पुरुष , आधीखोला गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुष , चापाकोट नगरपालिका वडा नम्बर १ की २२ वर्षिय महिला , कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का ४७ वर्षीय पुरुष , वालिङ नगरपालिका वडा नम्बर १ की २२ वर्षीय महिला र भिरकोट नगरपालिकाका ८३ वर्षिय पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमित हुनेहरुमा गल्याङ नगरपालिकाकी ३६ वर्षीय महिला , ४१ , १८ , ६४ र ४४ वर्षीय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ४ का ६६ वर्षिय पुरुष , वडा नम्बर नखुलेका ४६ वर्षिय पुरुष ४९ र ४१ वर्षिय महिला रहेका छन् ।

आज  थप १६ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ६०८ पुगेको छ। हाल स्याङ्जामा कोरोनाका १०२ सक्रिय संक्रमित रहेका छन् भने ४९७ निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर