स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जनालाई कोरोना संक्रमण देखिएको छ।
काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्।
काठमाडौंमा ११५७०, ललितपुरमा १८०३ र भक्तपुरमा १७५० जना संक्रमित होम आइसोलेसनमा छन्।
यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्।
आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ।