२२ कार्तिक २०७७                                              आज देशभर  २७५३ कोरोना  भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५१२ जनालाई कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये १ लाख ५५ हजार ११४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

यस्तै २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०८७ पुगेको छ ।

हाल आइसोलेसनमा ३५ हजार ४३५ संक्रमित छन् भने १ हजार १४४ जना क्वारेन्टिनमा छन् । संक्रमितमध्ये १ लाख ५५ हजार ११४ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख २७ हजार ७ सय ६६ पीसीआर परीक्षण भएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर