२० कार्तिक २०७७                                             पाल्पामा बिहीवार एकैदिन थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये  १४ जना तानसेन नगरपालिका भित्रका छन् ।

त्यस्तै रामपुर नगरपालिकाभित्रका ४, तिनाउ गाउँपालिकाका ६, माथागढी गाउँपालिकाका ३ र रम्भा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीवार थपिएकासंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय ७ पुगेको छ । कुल संक्रमितमध्ये १ हजार ८ जना निको भएका छन् भने १ सय ६८ जना सक्रिय संक्रमित छन् । पाल्पामा हालसम्म १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर