 
							२० कार्तिक २०७७ रुपन्देहीको सैनामैना नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ।
बिहीवार एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार कार्तिक २१ गते शुक्रवार देखि २४ गते सम्म सेवा बन्द गरिएको हो।
सैनामैनामा अहिले सम्म ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ सय ७९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com