
२० कार्तिक २०७७ प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफनै श्रीमति ४३ वर्षिया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरयासी झगडा भइरहने र इश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी दिए ।