२० कार्तिक २०७७                                                 युनाईटेड मिशन अस्पताल तानसेनमा उपचाररत माथागढी गाउँपालिका –२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीवार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मृतक पुरुषको बिहीवार नै कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यसअघि मिशन अस्पतालमा तिनाउ गाउँपालिका वडा नं. ६, डुम्रेका ४४ बर्सिय पुरुषको बुधबार बेलुकी मृत्यु भएको थियो । योसंगै पाल्पामा संक्रमितको मृत्यु हुने संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर