 
							१९ कार्तिक २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिँदा देश बर्बादीतिर जाने स्पष्ट पारेका हुन्।
‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो। तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ?,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन।’
उनले जनताको ब्यापक समर्थनले यहाँ आएको बताए। ‘यहाँ म आफ्नो रहरले आएको होइन, जनताको साथ र समर्थनले आएको हुँ। त्यसैले तपाईँहरु ढुक्क हुनुस्। सरकार फेरिँदैन,’ उनले भने।
उनले आफूलाई हटाउन अनेक कोसिस भएको र देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने त्यस्ता प्रवृत्तिबाट प्रभावित नहुन उनले आग्रह गरे।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com