एजेन्सी, १९ कात्तिक२०७७                                             यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई  पराजित गरेको छ । गए राति भएकाे घरेलु मैदानमा भएकाे खेलमा रियलले मिलानलाई  ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे ।रियललाई संघर्षपूर्ण जित दिलाउनकाे लागि करीम बेन्जेमा, कप्तान सर्जियो रामोस र रोड्रीगोले समान एक-एक गाेल गरे । इन्टरका लागि लौटारो मार्टिनेज र इभान पेरिसिचले गोल गरे ।

 

रियलले खेलको २५ औं मिनेटमा बेन्जेमाको गोलमा अग्रता लिएको थियो । ३३ औं मिनेटमा कप्तान सर्जियो रामोसको गोलसँगै रियलले अग्रता दोब्बर पार्यो । टोनी क्रुसको कर्नरमा हेडरमार्फत गोल गर्दै रामोसले रियललाई बलियो स्थितिमा पुर्याएका थिए ।

३५ औं मिनेटमा इन्टरले गोल फर्कायो । निकोलो बरेल्लाको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गाेल गरेका थिए ।

दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरले इभान पेरिसिचको गोलमा खेल बराबरीमा ल्यायो । मार्टिनेजले हेडरमार्फत दिएको पासलाई सदुपयोग गर्दै पेरिसिचले गाेल गरेका  थिए ।

८० औं मिनेटमा रियलले रोड्रीगो गोएसको गोलमा पुन: अग्रता लियो । भिनिसियस जुनियरले दिएको क्रसलाई रोड्रीगोले गाेल गरेका थिए ।  त्यसपछि दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल्दे रियलले जित्याे ।

सिजनको पहिलो जितसँगै रियलले ३ खेलमा ४ अंक जोडेको छ । अपराजित रहेको बोरुसिया मोन्चेनग्लाडबाकको ३ खेलमा ५ अंक छ । समान ४-४ अंक जोडेपनि हेड टु हेडमा साख्तरले रियललाई उछिनेको छ । पुछारमा रहेको इन्टरको मात्र २ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर