१८ कार्तिक २०७७ प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत विगत केही दिनदेखि होम आइसोलेसनमा छन्।
रुघाखोकी लागेपछि कोरोनाको शंका भएकाले मुख्यमन्त्री राउत एक सातादेखि होम आइसोलेशनमा बसेका हुन्।
अत्यावश्यक काम परेका कर्मचारी र निजी सचिवालयका व्यक्तिबाहेक अरु व्यक्तिसँग उनले भेटघाट गर्न छाडेका छन्। मुख्यमन्त्री राउतले आफूले अहिलेसम्म कोरोना परीक्षण नगराएको प्रतिक्रिया दिए।
‘कोरोना पुष्टि भएको त होइन, रुघाखोकीले असहज महसुस भएकाले होम आइसोलेसनमा बसेको हुँ’ उनले भने।
कात्तिक ३ र ४ गते काठमाडौंको एक बैठकमा सहभागी भएर जनकपुर आउँदादेखि असहज महसुस भएको उनले बताए।