
१८ कार्तिक २०७७ कतारको नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने तीन नेपाली श्रमिकलाई सम्मान गरेको छ ।
कम्पनीले बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदलाई जनही १५ हजार कतारी रियालसहित सम्मान गरेको हो ।
१० जना कामदारलाई सुनको सिक्का
त्यसैगरी कम्पनीले अन्य १० जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् ।
कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का प्रदान गरेका हुन् ।
कम्पनीले समय-समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार दिएर कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।