भिटेनले उच्च अदालत पाटनमा प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाएर गत कार्तिक १६ मा निषेधाज्ञासम्बन्धी रिट निवेदन दायर गरेका थिए ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न साइबर ब्यूरो र प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।
भिटेनको र्याप गीत सार्वजनिक भएसँगै गीतमा समावेश भएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनलाई पक्राउ गर्ने तयारी गरेको थियो
गीत युट्युब नेपालको ट्रेन्डिङ एकमा परेपछि थप चर्चा चुलिएको थियो ।
भिटेनले उक्त गीतमा प्रहरीलाई नै ‘काउन्टर’ दिएका छन् । गीतको भिडियोमा प्रहरीको गाडी जलाएको प्रहरीसँगै बसेर धुम्रपान गरेको दृश्य समावेश छन् । प्रहरी प्रधान कार्यालयले उक्त गीतले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै भिटेनलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । त्यसपछि भिटेनले उक्त गीत ‘मेम्बर अन्ली’ बनाएर माफी मागेका थिए ।