१७  कार्तिक २०७७                                         पाल्पामा ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् । कुल संक्रमित १ हजार १ सय ५६ मध्ये ९ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अहिले जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८८ छ । १० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

एकैदिन ३९ जना संक्रमणमुक्त
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार जिल्लामा सोमबार एकैदिन ३९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । रामपुरका १८ जना, बगनासकालीका १९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै तिनाउ, रैनादेवी छहरा र पूर्वखोला गाउँपालिकाका १/१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७ पुरुष र १२ जना महिला छन् ।

४ संक्रमित थपिए
सोमबार पाल्पामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । तानसेनका १ महिला र १ पुरुष गरि २ जना, रम्भा र रैनादेवी छहरा गाउँपालिकाका १/१ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर