१७ कार्तिक २०७७                                          कोरोना महामारीका कारण सात महिना देखि व्यापार व्यवसाय ठप्प रहेको फिल्म नगरीमा कोरोना आक्रमण ह्वात्तै बढेको छ ।

हाँस्य कलाकार मनोज गजुरेल कोभिड आक्रमणमा परेका छन् भने निर्देशक मिलन चाम्सलाई पनि पोजेटिभ देखिएको छ ।

गएको हप्ता मात्र कोभिडलाई हरिबंश आचार्य दम्पत्ती र क्याप्टेन विजय लामाले जितेका थिए भने फिल्म निर्माता प्रदीप उदयलाई देखिएको कोरोना अलि जटिल छ । बुझिए अनुसार हप्ता दिन देखि उदय आईसियुमै अक्सिजनको सहारमा छन् । उनी टोखा स्थित ग्रयान्डी हस्पिटलमा उपचारार्थ छन् । उनी सहित फिल्म नगरीका सिनियर पत्रकार डब्बु क्षेत्री पनि कोरोना पोजेटिभका कारण कारण उपचारार्थ छन् भने अर्का पत्रकार दीपसन लुइँटेल र फोटोग्राफर विनोद पोखरेल पनि कोरोना आक्रमणमा परि गुप्त बास छन् ।

त्यसैगरी अभिनेत्री आँचल शर्मा पनि कोरोनालाई जितेर बाहिर आएकी छिन् । उनले आफू सहित श्रीमान उदीप श्रेष्ठमाथि देखिएको कोरोना संक्रमणको खबर लुकाईन । गायक प्रमोद खरेलले पनि आफूलाई कोभिड पोजेटिभ भएको खबर लुकाएका थिए । यध्यपी केही दिन अघि प्रमोदले कोरोनलाई जितेर दशैँ मनाएका छन् ।

त्यसैगरी नेपाल आइडलका निर्देशक सुरेश पौडेल, होस्ट आशिफ शाह र आशिफका निर्देशक भाई अशिम शाहलाई पनि कोरोना देखिएको थियो जसले सुरुवाती चरणमा आफूलाई कोरोना भएको लुकाए ।

हाल यूकेमा रहेका टेलिभिजनकर्मी सुवास कार्की (वेलासे) विदेशी भूमिमै संक्रमित भएका थिए भने अमेरिकामा भ्रमणमा रहेका देविराम पराजुली (भोक लाग्यो) ले कोरोना जितेर नेपाल फर्किएका छन् ।

हाल सम्म अभिनेता प्रकाश शाह , दीपक ढकाल, गायक संगीतकार टंक बुढाथोकी, रजिना रिमाल सञ्जय श्रेष्ठ, लोचन रिजाल, प्रेम राजा महतले कोरोना जितेका छन् भने हालै मात्र अर्का फिल्म निर्माता सुशिल पोखरेलाई पोजेटिभ पुष्टी भएको छ भने अन्य धेरै फिल्मकर्मी एवं सञ्चारकर्मीले आफूलाई कोरोना भएका खबर लुकाईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर