
१७ कार्तिक २०७७ नेपालमा आज थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।
जसमा ३७ हजार ५२४ सक्रिय संक्रमित छन् । त्यस्तै कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ ।