१६ कार्तिक २०७७, आइतवार

कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई खड्काको मृत्यु भएको पुष्टि गरे ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर