१६ कार्तिक २०७७, आइतवार

घर फिर्तिको माग गर्दै नाराबाजीमा उत्रिएका मध्ये एक नेपालीलाई साउदी अरबमा शान्ति तथा सुरक्षा मुद्दा दायर भएको छ। स्थानीय प्रशासनले प्रदर्शनमा सहभागी तपेन्द्र रावल माथी  मुद्दा चलाएको बुझिएको छ

साउदी अरबको रियादमा मुख्यालय रहेको समासको कम्पनि मा कार्यरत नेपालीहरु ले कोरोना संक्रमण लगायत बिभिन्न कारण ले नेपाल फिर्तिमा समस्या देखिएको र समस्या समाधानमा समन्धित निकाय उदासिन रहेको आरोप लगाउदै भदौ २१ गते नाराबाजीमा उत्रिएका थिए सो नाराबाजीमा  नेपाली दुताबास लगायत प्रधानमन्त्रि के.पी ओली बिरुद्द समेत चर्को नाराबाजी गरेका थिए ।

नेपाली राजदूत महेन्द्र सिंह राजपुत ले  मुद्दा दायर गरिएका नेपालीको  समन्धमा जानकारी रहेको र उनलाई माफी दिलाई  स्वदेश पठाउन कुटनीतिक  पहल भइरहेको जानकारी दिएका छन । साउदी अरबमा सार्बजनिक रुपमा धर्ना,नाराबाजी गर्न कानुनत बर्जित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर