
१६ कार्तिक २०७७, आइतवार
लामो समय देखी अस्ट्रेलियामा बसोबास गर्दै आएका झापा दमकका डा। राम कृष्ण निरौलाले तिहार गीत लौ फेरी आयो तिहार को म्युजिक भिडियो ल्याएका छन् ।
रेणुका देवी निरौलाको शब्द, देवेन्द्र नेवाको एरेन्ज, आरसी थापाको निर्देशनमा तयार गरिएको गीतमा स्वर, संगीत डा.निरौलाकै रहेको छ ।
गीतमा नेपाली मौलिकता, परम्परागत भाषा र पर्वहरुलाई विश्वको कुनैसुकै ठाउँमा रहेर पनि जर्गेना गर्नु पर्दछ भन्ने भाव गीत र म्युजिक भिडियोमा सुन्न र देख्न पाईन्छ ।
गीतको म्युजिक भिडियोलाई निजम केसी फिल्मको ब्यानरमा गाम शहर युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस लौ फेरी आयो तिहार को म्युजिक भिडियो