१५ कार्तिक २०७७                                              हेल्प  मधेशी क्लब मलेसिया नामक सामाजिक संस्थाले मृगौला पीडित प्रदेश न.२ जिल्ला महोत्तरी अनैठा घर भएको नेपाली युवा राम सकल महरालाई उपचारमा सहयोग स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा राम सकल केहि बर्ष पहिला मलेसियाको एक कम्पनीमा कार्यरत रहदा दुबै मृगौला काम गर्न छाडेको साथै रगतमा पनि केहि खराबी देखिएको थियो। मलेसियामा उपचार हुने सम्भावना एकदमै न्यून देखिएपछि डाक्टरको सल्लाह अनुसार कम्पनीले उनलाई स्वदेश फर्काएका थिए ।

हाल स्वदेश फर्केर उपचारको लागी भारतको पटनामा थप उपचार गराइरहेको छन ।
आर्थिक अवस्था एकदमै कमजोर रहेकोले थप उपचार गर्न कठिनाई भैइरहेको रामले बताउदै सहयोगको याचना गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर