
१५ कार्तिक २०७७ तानसेन-तम्घास सडक खण्ड अन्तर्गतको रिब्दीकोट–३, स्थित सिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकल चालकको ज्यान गएको छ । शनिबार दिउँसो तानसेनदेखि रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी–४, बस्ने ४३ वर्षका अनिल ज्ञवाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।