१४ कार्तिक २०७७                                                         अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम’को नामको विषयमा चलिरहेको विवादका बीच फिल्म निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको छ। अब यो फिल्मको नामा ‘लक्ष्मी’ राखिएको छ।

यो फिल्म ९ नोभेम्बरमा ओटीटीमार्फत् रिलिज हुँदैछ। फिल्मको ट्रेलर रिलिज भएपछि यो फिल्ममाथि लभ जिहादलाई बढावा दिएको आरोप लागेको थियो। जसका कारण विभिन्न ट्रोलसमेत बनाइएको थियो।

फिल्म निर्माण टिमलाई श्रीराजपुत करणी सेनाले एक कानुनी नोटिस पनि पठाएको थियो। नोटिसमा फिल्मको नाम फेर्न माग गरिएको थियो। कानुनी नोटिसमा माता लक्ष्मीको नाम बमसँग जोडेर लक्ष्मीको अपमान गरिएको दाबी गरिएको थियो।

यो फिल्म २०११ मा आएको तमिल फिल्म कञ्चनाको रिमेक हो। फिल्मको नामको विषयमा निर्देशक राघव लरेन्सले भने ‘तमिल फिल्मको नाम फिल्मको मुख्य पात्र कञ्चनाको नामबाट राखिएको थियो। कञ्चनाको अर्थ सुन हुन्छ जसको माता लक्ष्मीसँग सम्बन्ध हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर