
महेन्द्र बहुमुखी क्याम्पसका सह– प्राध्यापक स्वर्गीय डोल बहादुर भण्डारीको सम्झनामा आज नेपालगन्जमा विद्यार्थीहरुले श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।
गत शुक्रबार कोरोना संक्रमणका कारण निधन भएका प्राध्यापक भण्डारीको सम्मान र सम्झनामा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका बिबिएका विद्यार्थीहरुले नेपालगन्जको बिपि चोकमा एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
महेन्द्र बहुमुखी क्याम्पस बिबिए सातौ सेमेस्टरमा अध्यनरत विद्यार्थी जीवन सिंह ठकुरीले आदरणीय गुरुको मृत्युले सम्पुर्ण विद्यार्थीलाई अत्यन्त दुखित बनाएको र एउटा असल र योग्य प्राध्यापक गुमाएको बताएका छन् ।