
१३ कार्तिक २०७७, बिहिवार
मलेसियामा कोराना देखिएको ठाउँमा सिल गर्न थालिएको छ । यसैक्रममा काजाङ एरियाका केहि क्षेत्रमा सिल गरिएको छ । त्यहाँ वयालिस जनामा कोरोना सक्रमण देखिएको थियो ।
सरकारको वरिष्ठ रक्षामन्त्री दातोक श्रि इस्माईल साब्री याकोबले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराए अनुसार , काजाङमा रहेको सुङ्गाइ इमास , जालान इमास ३१ र जालान इमास ३२ सेरता स्टप प्लाजा हेन्तियानमा अक्टोबर २८ तारिख बुधबारदेखी नोभेम्बर १० तारिखसम्म लागु हुनेगरी त्यस् एरियालाई तारबार लगाएर सिल गरिएको छ।
रक्षामन्त्री साब्रीले भने , ” त्यस् ठाउँमा अपार्टमेन्टमा बसोबास गर्ने ४२ जना नागरिकमा कोरोना भाइरसको संक्रमण सकारात्मक ( पोजेटिभ ) देखिएकोले त्यहाँ बसोबास गर्ने बाकी सम्पुर्ण नागरिकको आवश्यक स्वास्थ्य चेकजाँचको साथै संक्रमण फैलिन नदिनको लागी र संक्रमितहरुको थप उपचारको लागी एरियालाई लक गरिएको छ ।


