
१३ कार्तिक २०७७, बिहिवार
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका थप एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएको मध्ये ७ सय ४ जना महिला छन् भने बाँकी ९ सय ११ जना पुरूष हुन्। त्यस्तै, काठमाडौंमा १६ हजार ५ सय २१ जना, भक्तपुरमा एक हजार ७५ जना र ललितपुरमा दुई हजार ४ सय ७० जना सक्रिय संक्रमित छन्।