१३ कार्तिक २०७७, बिहिवार

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या  ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार  करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।  संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ ।परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर