
९ कार्तिक २०७७ आइतबारको दिन कोरोनाको कारण थप ८ जना नागरिकको मृत्यु भएसंगै जम्मा मृत्यु हुनेको संख्या २२९ जना पुगेको छ । आजमात्रै पुनः ८२३ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ५७९ जना निको भएसंगै जम्मा १७ हजार १३४ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयले जनाएको छ ।