
९ कार्तिक २०७७ पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चलेकी दीपिका रानालाई आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका उहाँको श्रीमानको एक महिनाअघि बाइक दुर्घटनामा ज्यान गएको थियो मृतक दिपक राना ३ वर्षअघि मलेसिया पुगेका थिए । जिएस पेपर तथा प्याकिङ कम्पनीमा कार्यरत रहेका ४४ जना नेपालीहरुले होम राई मगरको नाममा ६५ हजार १४५ रुपैयाँ पठाएका थिए । ज्ञानु आले र श्याम बहादुर सारुको नेतृत्वमा उक्त रकम निस्दी गाउँपालिका पाल्पाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष मेख बहादुर सुनारीले रानाकै घरमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।