२८ साउन २०७७
बुधबार सुनको मूल्य निकै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ ।


मंगलवार तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको हो ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर