
दाङ, २०७७ कात्तिक ८ गते
बंगलाचुली गाउँपालिका-२ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण वीर बहादुरले कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसाल्दा बालारामको घटनास्थलमै मुत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।