७ कार्तिक २०७७                                           पाल्पाको पुर्वखोला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदाय का गरि २१ जनामा कोरोना पुष्टि भएपछि पुर्वखोला गाउँपालिका कात्तिक १४ गतेसम्म बन्द हुने भएको छ ।

पूर्वखोला गाउँपालिकामा असोज २८ गतेको परीक्षणमा जनप्रतिनिधि कर्मचारी सहित समुदाय स्तरका ७ जनामा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तकै ५३ जनाको नमुना पठाइएकोमा २१ जनाको रिपोर्ट पोजेटिभ आएकोले उक्त निर्णय गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन ढकालले बताए ।

थपिएका संक्रमितमा ३ जना स्वास्थ्य कर्मी सहित कोरनटाइनमा रहेका १ जना र बाकी समुदाय स्तरको व्यक्ति रहेको उनले बताए । असोज ३० गते देखि कार्तिक ७ गते सम्म रहेको बन्द रहेकोमा पुन १४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर