७ कार्तिक २०७७                                         प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भएको जनाएको छ।

सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भएको थियो।

https://amzn.to/4myfPN5

कतिपय सञ्चारमाध्यमले समेत यसबारे समाचार बनाएका थिए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमै यसबारे प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ प्रेस नोट जारी गर्दै शुभकामना सन्देशमा राखिएको निशान छापमा समेटिएको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

“नक्साको सानो आकार प्रयोग गर्दा त्यस्तो लाग्नु स्वाभाविक भए पनि त्यसलाई ठूलो आकारको नक्सामा प्रष्ट देख्न सकिन्छ”, थापाले प्रेस नोटमा उल्लेख गरेका छन्, “डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यनजिक पुग्न आग्रह गर्दछु।”

प्रतिक्रिया

सम्बन्धित खवर