
जि.के. पाण्डेय!
२०७७ कार्तिक ६,
नेपाली कांग्रेस काली गण्डकी एबं नेपाल तरुण दल काली गण्डकी द्वारा संकलित राहत रकम गत असोज ८ गते राती लगातार ३ दिन परेको झरिका कारण घर मथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका काली गण्डकी ४ कट्टी,गौतम टोलका बिष्नु दमैको परिवार एबं सोहि पहिरोबाट आफ्नो घर गुमाएका जगत बहादुर नेपालीको परिवारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।
उक्त हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस काली गण्डकीका संयोजक धन ब. राना,नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य शेर ब. थापा,नेपाली कांग्रेस वडा नं ४ का संयोजक सालिकराम पाण्डेय,वडा नं ४ का जन प्रतिनिधिहरु हुमकान्त पाण्डेय,होमनाथ पाण्डेय,सरस्वती पाण्डेय,तुलसा नेपाली,भातृ संगठनका प्रतिनिधिहरु,क्रियासिल सदस्यहरु,समाजसेवी,बुद्दीजीबी,पत्रकार तथा स्थानियहरुको उपस्थिति रहेको थियो।
जम्मा संकलित रकम ७१,५१०/- मध्य ३५,७५५/-का दरले दुई परिवारलाई हस्तान्तरण गरिएको थियो भने उक्त हस्तान्तरण कार्यक्रमको सञ्चालन नेपाल तरुण दल काली गण्डकीका अध्यक्ष यादब प्र.पाण्डेयले गर्नुभएको थियो।