
५ कार्तिक २०७७ एजेन्सी । कोरोना महामारीका कारण सारा विश्व उथलपुथलको अवस्थाबाट गुज्रिरहेको छ । यस समयमा धेरै क्षेत्रहरूमा कामको अभाव भएको छ । धेरै कम्पनीहरूले पनि आफ्नो कर्मचारीहरू कटौती गरेका छन् ।
यसैबीच, एउटा बिस्कुट कम्पनीले यस्तो जागिर प्रस्ताव गरेको छ, जुन मानिसहरूले सुन्नासाथ आवेदन दिन सुरु गर्नेछन् । स्कटल्याण्डको बोर्डर बिस्कुट कम्पनीले बिस्कुट चाख्नका लागि मास्टर बिस्कुटरको आवेदन मागेको छ ।

’द इण्डिपेन्डन्ट’ को एक रिपोर्टअनुसार कम्पनीलाई मास्टर बिस्कुटरको पदका लागि त्यस्ता आवेदकहरू चाहिन्छ जसले बिस्कुटको स्वाद लिन सक्दछन् । आवेदकमा बिस्कुट बनाउने तरिका तथा स्वाद र समझ हुनुपर्दछ । यस बाहेक, आवेदकसँग नेतृत्व र सञ्चार कौशल पनि हुनुपर्छ ।
बोर्डर बिस्कुटका प्रबन्ध निर्देशक पल बार्किन्सले एक विज्ञप्तिमार्फत बिस्कुट उद्योगमा रुचि राख्नेहरूको लागि ठूलो अवसर भएको बताएका छन् । उनले थपेका छन्, “हामी यस मास्टर बिस्कुटरको ज्ञानको फाइदा लिन र त्यस्तो बिस्कुटहरू बनाउँन चाहन्छौँ जुन सबैको रुचि बनोस् ।”
बिस्कुट चाख्ने जागिरमा तलबको कुरा गर्दा आवेदकले ४० हजार पाउन्ड अर्थात मास्टर बिस्कुटरको पदका लागि ६० लाख रुपैयाँ भन्दा बढीको वार्षिक प्याकेज पाउनेछ । चाखलाग्दो कुरा के हो भने ३५ दिन बिदा पनि एक वर्षमा उपलब्ध हुनेछ । यो पूर्णसमय काम हुनेछ ।