५ कार्तिक २०७७                                            दार्चुला जिल्लाको सदरमुकाम खङ्लगामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन प्रहरी सङै नेपाली सेना परिचालन गरिएको छ।

महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।

https://amzn.to/4myfPN5

अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन्।  आज मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ। जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २५० नाघेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर