
५ कार्तिक २०७७
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ४० रुपैयाँँ पुगेको छ । सुन हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।