
४ कार्तिक २०७७, मंगलवार
लुम्बिनी प्रदेश सरकारले लक्षण सहितका सबै संक्रमितको उपचार नि:शुल्क गर्ने भएको छ । प्रदेशका ४ वटै कोरोना बिशेष अस्पतालमा लक्षण सहितका वा अस्पतालमा बस्नु पर्ने अवस्थाका सबै कोरोना संक्रमितको उपचार नि:शु्ल्क गर्ने भएको हो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा शुल्क नलाग्ने जानकारी दिनुभएकाे छ । उहाँले स्टाटसमा लेख्नुभएकाे छ, ‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत राखेका छ’।