
४ कार्तिक २०७७, मंगलवार
नेपालका चर्चित संगीतकारको नाम लिनुपर्दा दिवान किनारको पनि नाम आउने गर्दछ । तपाई हाम्रो मुखमा सधै झुण्डिरहने गीत झिमझिम सानु नझिम्काउ परेली,मायाँ एउटा सँग विहे अर्काे सँग ,तिमि कस्को हुने होला जस्तो सदावहार गीतमा संगीत भरिसकेका दिवानले पछिल्लो समयमा “जहाँ छाड्यौ तिमिले” गीतमा समेत संगीत भरेका छन । एसएस गणेशको शब्द रहेको गीतमा स्वर स्वरुपराज आचार्यको रहेको छ भने संगीत,रेकोडिङ स्वय दिवानले भरेका छन । गीतलाई पशुपति म्युजिक प्रालीले बजारमा ल्याएको छ । गीतको भिडियोमा गौरव पहारी,केकि अधिकारी,कुमार वास्तालाको अभिनय देख्न पाईन्छ ।